राष्ट्रिय सभाबाट ‘जलस्रोत विधेयक, २०८१’ सर्वसम्मतिले पारित - Chaitanya News
  • 2026-11-17
  • 13:18:26
  • मंगलबार,मंसिर ०२, २०८३
  • राष्ट्रिय सभाबाट ‘जलस्रोत विधेयक, २०८१’ सर्वसम्मतिले पारित

    राष्ट्रिय सभाबाट ‘जलस्रोत विधेयक, २०८१’ सर्वसम्मतिले पारित

    काठमाडौँ– ‘जलस्रोत विधेयक, २०८१’लाई सर्वसम्मतिले पारित भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभाको बैठकले जलस्रोत विधेयक, २०८१’लाई सर्वसम्मतिले पारित गरेको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो।

    छलफलमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले सो विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए।

    सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जलस्रोतको उपयोग, व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताए। उनले संविधानमा नै समावेशीताको प्रबन्ध भएकाले विधेयकमा दलितलगायतका विषय उल्लेख गर्नु नपर्ने सबै सदस्यको धारणा रहेकाले सोही अनुसार गरिएको बताए। विधेयकमा उल्लेख भएको बाँधको सुरक्षाको विषयलाई थप प्रस्ट पारिएको उनले बताए।

    यस्तै, यही साउन ५ गते ८५ वर्षको उमेरमा निधन भएका प्रतिनिधि सभाका पूर्व सदस्य खगराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ।