आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 23:01:50
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– हाल मनसुनको न्यून चापीआजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावनाय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिए छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा को मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै महाशाखाका अनुसार, आज राति देशभर साधरणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।