काठमाडौँ– प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ।
बुधबार राति बढुवा भएका ११ एसएसपीहरूको पदस्थापन गरिएको हो। पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ।
राकेश सिंहलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ।
राजजिबहादुर बस्नेतको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज बाँके)मा पठाइएको छ।

