आज तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-11-16
  • 22:56:08
  • सोमबार,मंसिर ०१, २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (बहीबार) संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्ने तय भएको छ।

    जसअनुसार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

    यस्तै,बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

    यस्तैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय भएको छ । बैठक दिउँसो २ बजे बस्दैछ ।