काठमाडौँ– प्रहरी नायब उपरीक्षक (डीएसपी) बीरेन्द्र थापा एसपीमा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले प्रहरी नायब उपरीक्षक (डीएसपी थापालाई प्रहरी उपरीक्षक (एसपी)पदमा बढुवा गर्न सिफारिस गरेको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा सिफारिस समितिद्वारा जारी सूचनाअनुसार, २०८२ साल साउन २१ गते बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (१) बमोजिम एसपी पदमा बढुवा सिफारिस गरेको हो।