आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-05-10
  • 13:11:24
  • आइतबार,बैशाख २७, २०८३
  • आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौँ– आज (बुधबार) एकै दिन संघीय संसद्अन्तर्गत आजचार वटा संसदीय समितिहरूको बैठक बस्दैछन् ।

    जसअनुसार, आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची तय भएकबो छ।

    यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुने संघीय संसदका सचिवालयले जानकारी दिएको छ।

    यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ।

    त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।