आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 13:12:52
  • आइतबार,बैशाख २७, २०८३
  • आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    काठमाडौँ–आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।

    आज बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ।

    यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।