आज संघीय संसद्का दुई समितिको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-05-10
  • 13:11:53
  • आइतबार,बैशाख २७, २०८३
  • आज संघीय संसद्का दुई समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    आज संघीय संसद्का दुई समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (मंगलबार) संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्ने तय भएको छ।

    जसअनुसार, दिउँसो १ बजे बस्नेअन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुने कार्यसूची छ।

    त्यस्तै, दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने संघीय संसद्का सचिवालयले जानकारी दिएको छ।