काठमाडौँ– आज (सोमबार) संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बस्दैछन्।
जसअनुसार, बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ ९अपार्टमेण्ट० का प्रतिनिधिसँग छलफल हुने कार्यसूची तय भएको छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको सचिवालयले जनाएको छ ।