आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 13:11:52
  • आइतबार,बैशाख २७, २०८३
  • आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (सोमबार) दिउँसो १ बजे संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

    बैठकमा संघीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइने कार्यसूची रहेको छ।

    यस्तै, लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने छन्।

    युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तयार गरेको छ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।