‘संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ’ : देउवा - Chaitanya News
  • 2026-06-25
  • 21:19:55
  • बिहिबार,आषाढ ११, २०८३
  •  ‘संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ’ : देउवा

     ‘संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ’ : देउवा

    काठमाडौँ–  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानकै कारणले अहिले कुनै पार्टीको स्पष्ट बहुमत नआउने बताएका छन्।

    आज (शुक्रबार) पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले एउटै पार्टीको बहुमत नआएको कारणले मिलेर सरकार बनाउनुपरेको बाध्यता भएको समेत सुनाए।

    उनले भने, ‘संविधान सबैलाई जोड्ने खालको छ। महिला, दलित, जनजाति, आदिवासी सबैलाई समेट्छ। यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ। तर, संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ। कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ। कुनै पार्टीको बहुमत आउँदैन।’