आजको मौयस: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 23:48:53
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौयस: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    आजको मौयस: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौँ– आज देशभर साधारणता बदली रहने भएको छ।

    आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    यस्तै महाशाखाका अनुसार, , आज राति कोशी, मधेस, बाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

    सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ। साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ।