आजको मौसम: सुदूरपश्चिम प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-16
  • 16:40:37
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: सुदूरपश्चिम प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    आजको मौसम: सुदूरपश्चिम प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

    आज देशभर साधारणतया बदली रहने जल तथा मौसम विभागले जानकारी दिएको छ। विभागका अनुसार, आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राती देशको पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।