आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 14:14:04
  • आइतबार,बैशाख २७, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (बुधबार) दिउँसो १ः१५ बजे संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ।

    बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छन्।