काठमाडौँ– नेकपा एमालेले प्रदेश कमिटी र विभागमा मनोनयन गरेको छ। केन्द्रीय सचिवालयको ४५ औँ बैठकले सुदूरपश्चिम प्रदेश र ४६ औँ बैठकले लुम्बिनी प्रदेशबाट अनुमोदनका लागि प्राप्त प्रस्ताव अनुमोदन गरिएको एमालेले हालै पठाएको अन्तरपार्टी निर्देशन १२ मा उल्लेख छ।
यस्तै एमालेले स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटीमा अनुमोदन गरिएको सदस्यहरूमा जयचन्द स्वार–अछाम, रामबहादुर बुढा(अछाम, नन्दसिंह कठायत(अछाम र अमर विक(अछाम छन्।
लुम्बिनी प्रदेशमा टिका सम्सेली(बर्दिया, भुमिसरा धिताल(बाँके, कृष्ण भुसाल(दाङ, गोविन्द आचार्य(दाङ, बृहस्पति श्रेष्ठ(दाङ, धनबहादुर रायमाझी–प्युठान, तुलसीराम शर्मा–प्युठान, भावना बुढाथोकी–रुकुम पूर्व, ईश्वरा पोखरेल–अर्घाखाँची, सरोज भुसाल–अर्घाखाँची, सावित्री आचार्य(गुल्मी, चिन्तामणि पाण्डे–गुल्मी, चेतन बस्नेत–गुल्मी, विश्राम चौधरी–कपिलबस्तु, रायणबहादुर जिसी–पाल्पा, नारायण आचार्य–पाल्पा, युवराज घिमिरे(रुपन्देही, मधुकला कुँवर–रुपन्देही र जोगलाल विक–रुपन्देही रहेका छन्।
यसैगरी लुम्बिनीमा पार्टी प्रवेशबाट राममोहन चौधरी–बर्दिया, रामकुमार दीक्षित–बाँके, रामकुमार गैरे–दाङ, पुरणबहादुर गुरुङ–प्युठान, गंगाराम बुढा–अर्घाखाँची, सिद्धिप्रसाद भुसाल–अर्घाखाँची, अव्दुलरहमान खान–रुपन्देही, लब्कबहादुर हमाल(कपिलबस्तु र भगवानदास चौधरी–कपिलवस्तु रहेका छन्।