राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबिच राहदानी छपाई सम्बन्धी सम्झौता - Chaitanya News
  • 2026-11-17
  • 14:38:03
  • मंगलबार,मंसिर ०२, २०८३
  • राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबिच राहदानी छपाई सम्बन्धी सम्झौता

    राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबिच राहदानी छपाई सम्बन्धी सम्झौता

    काठमाडौँ– राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबीच राहदानी छपाई सम्बन्धी सम्झौता भएको छ। आज (सोमबार) राहदानी विभाग र भेरिडोसका प्रतिनिधि बीच राहदानी छपाई सम्बन्धी सम्झौता भएको हो।

    सम्झौता पत्रमा राहदानी विभागका तर्फबाट महानिर्देशक तीर्थराज अर्याल र भेरिडोसका तर्फबाट एसिया प्रशान्त क्षेत्रका उपाध्यक्ष फाबियोला बेलरशेमले हस्ताक्षर गरेका छन्। राहदानी विभागमा भएको एक विशेष समारोहमा दुई पक्षबीच हस्ताक्षर भएको हो।