इजरायल– विपिन जोशीको अवस्था अज्ञात’ भएको इजरायलले जानकारी दिएको छ । नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई इजरायलका परराष्ट्र मन्त्रालयले विपिन जोशी अवस्था बारे कुनै अपडेट नरहेको जानकारी गराएको हो।
इजरायली परराष्ट्र मन्त्रालयका महानिर्देशक इडन वार तालसँग भेटमा पूर्वमन्त्री ज्ञवालीले जोशीको सुरक्षित तथा चाँडो उद्धार र स्वदेश फिर्तीबारे गम्भीर चासो राखेका थिए।
जवाफमा महानिर्देशक तालले जोशीको अवस्थाबारे कुनै जानकारी नरहे पनि खोजीको लागि पहल भइरहेको बताए। करिब ४०–५० जना झैँ बन्धक रहेको र उनीहरूको रिहाइका लागि पहल भइरहेको उनको भनाई थियो। तर विपिनको अवस्था अज्ञात रहेको मन्त्रालयका निर्देशकले बताए।
भेटमा नेपाल र इजरायलबीचको ६५ वर्ष लामो मित्रता र सहकार्यबारे विस्तृत छलफल गरिएको पूर्वमन्त्री ज्ञवालीले जानकारी दिए। साथै दुई सरकार बिचका अघिल्लो सहमति कार्यान्वयन सम्बन्धी विषयहरू पनि छलफल भएको उनले बताए।
प्रवासी नेपाली मञ्च इजरायलको अधिवेशनका लागि इजरायल आइपुगेका ज्ञवाली आज स्वदेश फिर्ता भएका छन्।