काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने बताएकी छन् ।
आज (सोमबार) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिदै हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने बताएकी हुन् ।
‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जाँदैमा मधेशमा पानी आउँदैन। चुरेको कुरा जोडिन्छ’, उनले भनिन्।
प्रधानमन्त्री ओली साउन ७ गते मधेश पुगेका थिए।
उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन्। ‘मधेशमा भएको अभावलाई हेरौँ। यसमा जोडिन्छ। निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन’, उनले भनिन्।