आज पाँच संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-05-10
  • 14:14:03
  • आइतबार,बैशाख २७, २०८३
  • आज पाँच संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    आज पाँच संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (सोमबार) संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिहरूको बैठक बस्दैछन् । जसअनुसार, आज सार्वजनिक लेखा समितिको बैठक, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।

    सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठक अर्थमन्त्री विष्णु पौडेलसँगै सरकारका सबै सचिवहरूसँग छलफल गर्ने कार्यसूची छ ।

    यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजना आर्थिक वर्ष २०८२र८३(२०८६–८७०को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची तय भएको छ ।

    यसैगरी, बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यसूची रहेको छ ।

    विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे बस्ने कार्यसूची रहेको छ ।