राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-05-10
  • 14:14:19
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौँ– आज (आइतबार) अपराह्न १२ः१५ बजे संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।

    बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।