काठमाडौँ– राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन्।
नेकपा एमालेको तर्फबाट निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये ‘कुलिङ अफ पिरियड’को विषयमा प्रतिनिधिसभामा भएको सहमति भन्दा फरक संशोधन परेको छ।
एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेको सार्वजनिक गरिएको संशोधन प्रस्तावमा उल्लेख ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउनुपर्ने प्रस्ताव राखेका छन्।