आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-16
  • 16:40:59
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    त्यसैगरी, महाशा खाका अनुसार, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।