आज पनि प्रतिनिधि सभा बैठक बस्दै, के छ आजको कार्यसूचीमा ? - Chaitanya News
  • 2026-05-10
  • 14:14:21
  • आइतबार,बैशाख २७, २०८३
  • आज पनि प्रतिनिधि सभा बैठक बस्दै, के छ आजको कार्यसूचीमा ?

    आज पनि प्रतिनिधि सभा बैठक बस्दै, के छ आजको कार्यसूचीमा ?

    काठमाडौँ– आज (शुक्रबार) दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको छ ।

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

    सो विधेयक, २०८१ असार ४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो। सो विधेयकलाई राष्ट्रिय सभाले २०८१ चैत ४ गते पारित गरेको थियो।

    यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ।