काठमाडौँ– सरकारले जापानका ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने निर्णय गरेको छ। साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव घिमिरेलाई पठाउने स्वीकृति दिएको हो।
बैठकले मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाको चौथा महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका सांसद परशुराम खापुङलाई पठाउने निर्णय गरेको छ।