काठमाडौँ– आज (बिहीबार) संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्ने तय भएको छ।
जसअनुसार, बिहान साढे आठ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्स्ने तयारी भइरहेको छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ।
यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची रहेको छ।
यसैगरी, बिहान साढे ११ बजे बस्ने तय भएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।