‘देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन’ : माधव नेपाल - Chaitanya News
  • 2026-05-10
  • 14:21:31
  • आइतबार,बैशाख २७, २०८३
  • ‘देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन’ : माधव नेपाल

    ‘देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन’ : माधव नेपाल

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन्।

    आज (बुधबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै नेपालले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणाम आउने गरी काम गर्न नसकेको बताए।

    ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ। तर देशको अवस्था राम्रो छैन। जनतामा निराशा छ। परिणाम आउने गरी काम भइरहेको छैन,’ उनले भने।

    उनले थपे, ‘कस्तो विडम्बना एक जना छाउपडी प्रथाको सिकार भएर मर्नुपरेको छ। त्यो समाजले हटाउन सकेको छैन। कम्युनिष्ट पार्टीहरू पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन्।’