काठमाडौँ– लोक सेवा आयोगले इञ्जिनियरिंग जियोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरेको छ।
आज (बुधबार) आयोगको केन्द्रिय कार्यलयले एक सूचना जारी गर्दै इञ्जिनियरिंग जियोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८४-१७२८६/०८१-८२ (खुला तथा समावेशी) नेपाल इञ्जिनियरिंग सेवा, जियोलोजी समूह, जनरल जियोलोजीरइञ्जिनियरिंग जियोलोजी उपसमूह, रा.प.तृतीय श्रेणी, जियोलोजिष्ट–सिस्मोलोजिष्टरइञ्जिनियरिंग जियोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ।
यस्तै, लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८२/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिंग सेवा, मेटेरियोलोजी समूह, रा.प. तृतीय श्रेणी, मेटेरियोलोजिष्ट पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ ।
यसैगरी आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८१/०८१-८२(खुला) नेपाल इञ्जिनियरिंग सेवा, केमिकल इञ्जिनियरिंग समूह, रा.प. तृतीय श्रेणी, केमिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको जनाएको छ ।