काठमाडौँ– नेकपा (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले विभिन्न ८ वटा निर्णय सार्वजनिक गरेको छ। दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ।
६साउनको मध्यरातमा बैठक सकिएको थियो । बैठकमा २ सय ६४ जनाले एजेण्डामाथि बोलेका थिए। विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन गरी ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव निर्णय भएको छ र त्यसै गरी कार्यकर्ता दुई तहका हुने छन्।
त्यसै गरी केन्द्रीय कमिटीका पदाधिकारी संख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एक तिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ। बैठकका आएका सुझावसहित निर्णय प्रदेश र जिल्ला कमिटीमा पठाउने र थप सुझावपछि विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको छ।
![]()
![]()
![]()
![]()