आज तीन संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-05-10
  • 14:25:09
  • आइतबार,बैशाख २७, २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    आज तीन संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौँ– आज (बुधवार) तीन वटा संसदीय समितिको बैठक बस्दैछन् ।

    बिहान १० बजे बस्ने सार्वजनिक लेखा समितिको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुने कार्यसूची छ। यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ।

    यस्तै, दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची रहेको छ।

    यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बिहान ११ बजे बस्नेछ। बैठकमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुने कार्यसूची तय भएको छ।