आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर - Chaitanya News
  • 2026-06-25
  • 23:47:06
  • बिहिबार,आषाढ ११, २०८३
  • आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर

    आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर

    काठमाडौँ– आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने सचिवालयले जानकारी दिएको छ।

    बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा समावेश गरेको छ ।