निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो - Chaitanya News
  • 2026-06-07
  • 17:38:52
  • आइतबार,जेठ २४, २०८३
  • निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

    निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

    काठमाडौँ– सङ्घीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

    आज (मंगलबार) बसेको राष्ट्रिय सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।

    प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडबारे छेडखानी गरिएको पाइएपछि छानबिन गर्न संसदीय समिति गठन समेत गरिएको छ।

    कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिए पनि एमालेका केही सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन्।

    त्यस्तै राष्ट्रियसभाले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ। राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते आइतबार बस्ने गरी स्थगित भएको छ।

    संघीय निजामती सेवा विधेयकसङ्घीय निजामती सेवा विधेयक