आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-25
  • 23:47:07
  • बिहिबार,आषाढ ११, २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (मंगलबार) तीनवटा संसदीय समितिहरूको बैठक बस्दैछन्।

    जसअनुसार, दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यसूची तय भएको छ।

    यस्तै, बिहान साढे ११ बजे बस्ने बैठकमा महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ।

    यसैगरी, दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।