प्रचण्डले भने: समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ - Chaitanya News
  • 2026-05-10
  • 15:26:16
  • आइतबार,बैशाख २७, २०८३
  • प्रचण्डले भने: समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ

    प्रचण्डले भने: समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ

    काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।

    आज (सोमबार) नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन्।

    त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले राज्यको ‘माइन्डसेट’ परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याएको दाहालको सचिवालयले जनाएको छ।

    “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष दाहाल भने, “राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”

    परिसंघका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गरेका थिए।