आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-26
  • 01:55:45
  • बिहिबार,आषाढ ११, २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (सोमबार) तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ।

    त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठक त्यस्तै दिउँसो २ बजे बस्दैछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।