‘विद्या भण्डारीको सदस्यता र जिम्मेवारीबारे अध्यक्षसँगको वार्तापछि संस्थागत निर्णय हुनेछ’ : प्रदीप ज्ञवाली - Chaitanya News
  • 2026-05-10
  • 15:26:27
  • आइतबार,बैशाख २७, २०८३
  • ‘विद्या भण्डारीको सदस्यता र जिम्मेवारीबारे अध्यक्षसँगको वार्तापछि संस्थागत निर्णय हुनेछ’ : प्रदीप ज्ञवाली

    ‘विद्या भण्डारीको सदस्यता र जिम्मेवारीबारे अध्यक्षसँगको वार्तापछि संस्थागत निर्णय हुनेछ’ : प्रदीप ज्ञवाली

    काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी नेतृत्व र आफूलाई राज्यको उपल्लो पदमा पुर्‍याउने संस्थासँग छलफल नगरी एकतर्फी घोषणा गर्दा समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।

    पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किने, सदस्यता नवीकरण गरिसकेको र एमालेको अध्यक्ष बन्नका लागि फर्किएको जस्ता अभिव्यक्ति दिएकोमा ज्ञवालीले एकतर्फी घोषणा भनेका हुन्।

    यसबारेमा पार्टी अध्यक्षसँग भण्डारीले पहिले नै छलफल गरेको भए राम्रो हुने ज्ञवालीले बताए । उपमहासचिव ज्ञवालीले अहिले विद्या भण्डारीको सदस्यता नवीकरण रित नपुगेकाले स्थगनको अवस्थामा रहेको र पार्टीले त्यसबारेमा संस्थागत निर्णय गर्ने बताए । उनका अनुसार संस्थागत निर्णयअघि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्दैछन् ।

     

    अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच आजै एमाले केन्द्रीय कार्यालय च्यासलमा यसैबारेमा छलफल गर्ने तय भएको छ ।

    उपमहासचिव ज्ञवालीले विद्या भण्डारीलाई सदस्यताबाट बन्चित गर्ने कुनै नियत र उद्देश्य नरहेको तर राष्ट्रपति पदको गरिमा कसले कायम गर्ने भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताए ।