आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-26
  • 01:55:44
  • बिहिबार,आषाढ ११, २०८३
  • आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (आइतबार) संघीय संसद्का विभिन्न पाँच समितिहरूको बैठक बस्दैछन्।

    जसअनुसार, कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए।

    यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन (आव २०८०–८१० माथि’ छलफल हुने कार्यसूची रहेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची रहेको छ।

    यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची तय भएको छ।