एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा - Chaitanya News
  • 2026-05-10
  • 15:33:19
  • आइतबार,बैशाख २७, २०८३
  • एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

    एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

    काठमाडौँ– वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीच एकता घोषणा भएको छ।

    आज (शुक्रबार) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो।

    दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो।

    एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने त्यतिबेलै सहमति भएको थियो।