काठमाडौँ– आज (शुक्रबार) सङ्घीय संसद् अन्तर्गतका पाँच संसदीय समितिका बैठक बस्दैछन् ।
जसअनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४८औँ बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने कार्यसूची रहेको ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ८ बजे नै सुरु भएको छ । बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन सम्बन्धमा छलफल भइरहेको छ।
यस्तै , बिहान ८ः३० बजे सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा भने काठमाडौँ चक्रपथ, कलङ्की–महाराजगन्ज खण्डको डिपिआरका सम्बन्धमा छलफल भइरहेको छ ।
यसैगरी राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह १२ः१५ बजे कस्ने तय भएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ११ः३० बजे बस्ने तय भको छ । बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोबल बढाउन पछिल्लो समयमा भएका प्रयासहरुबारे छलफल हुने कार्यसूची छ।