राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई - Chaitanya News
  • 2026-06-26
  • 01:56:16
  • बिहिबार,आषाढ ११, २०८३
  • राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई

    राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई

    काठमाडौँ– सांसद गोपाल भट्टराईले नेकपा एमाले संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतकको जिम्मेवमरी पाएका छन् ।

    पार्टी विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा आजैदेखि लागू हुने गरी मनोनयन गरिएको हो।

    सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको पत्रमा भनिएको छ, ‘विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुने विश्वास लिएको छु।’

    ओलीले प्रमुख सचेतक पदमा नियुक्त भएकोमा भट्टराईलाई हार्दिक बधाई समेत दिएका छन् ।