इदको अवसरमा यूएई सरकारले दियो १ सय २० जना नेपालीलाई आममाफी - Chaitanya News
  • 2026-05-25
  • 07:13:34
  • सोमबार,जेठ ११, २०८३
  • इदको अवसरमा यूएई सरकारले दियो १ सय २० जना नेपालीलाई आममाफी

    इदको अवसरमा यूएई सरकारले दियो १ सय २० जना नेपालीलाई आममाफी

    काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) ले ईद अल–अदाहको अवसरमा १ सय २० जना नेपालीलाई आममाफी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल–अदाहको अवसरमा युएईको जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी दिएको हो।

    युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

    साथै युएई सरकारलाई दूतावासले आममाफी दिएकोमा युएई सरकारलाई धन्यवाद दिएको छ।