आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 15:26:40
  • आइतबार,बैशाख २७, २०८३
  • आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (बुधबार) संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिहरुको बैठक बस्दैछन् ।

    जसअनुसार, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सभाकक्ष सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुने कार्यसूची रहेको छ।

    नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

    यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्ने कार्यसूची छ। राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

    यसैगरी, दिउँसो १ बजे बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्य योजना कार्यान्वयनको अवस्था र समितिको कामकारबाहीको समीक्षा हुने कार्यसूची छ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक पनि आजै बस्दै छ। बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव संकलन तथा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ।

    बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको हालसम्मको प्राप्त प्रगति विवरणलगायत समसामयिक विषयमा छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।