पाँच सहसचिवको सरुवा - Chaitanya News
  • 2026-06-07
  • 19:26:55
  • आइतबार,जेठ २४, २०८३
  • काठमाडौँ– अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरिएको छ।

    जसअनुसार, गृह मन्त्रालयले विभागमा रामचन्द्र तिवारी र विमानस्थल कार्यालयमा नरहरि घिमिरे पठाइएको छ। भने मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभाग, कालिकास्थान काठमाडौँको महानिर्देशक बनाइएको छ।

    उनी गोविन्द प्रसाद रिजालको स्थानमा आएका हुन्। रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

    यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा सरुवा गरिएको छ।

    उनको स्थानमा सहसचिव नरहरि घिमिरेलाई पठाइएको हो। हाल घिमिरे खोटाङका प्रमुख जिल्ला अधिकारी छन्। उनले त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

    सरुवामा परेका अन्य सहसचिवमा गृह मन्त्रालयमा कार्यरत कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।