काठमाडौँ– सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु. एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ।
आज (मंगलबार) प्रधानमन्त्री निवास, बालुवाटारमा एवं कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो।