काठमाडौँ– सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । टेलिभिजनले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
लोक सेवा आयोगबाट सहमति प्राप्त भएसँगै टेलिभिजनले योग्य नेपाली नागरिकहरूबाट २१ दिनभित्र अनलाइन आवेदन दिन अनुरोध गरेको हो।
टेलिभिजनले आज प्रकाशित गरेको सूचनाअनुसार, इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।
तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ।
![]()