काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि ‘ ७ एजेन्डा अघि सारेका छन् । आज ( सोमबार) प्रतिनिधि सभामा बैठकको विशेष सम्बोधन गर्दै उनले ‘ ७ एजेन्डा अघि सारेका हुन् ।
यस्तै, प्रचण्ड’ले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको बताएका समेत बताए ।
वर्तमान सरकार बन्दा काँग्रेस र एमालेले संविधान संशोधन गर्ने बाचा गरेको तर, त्यसअनुसार व्यवहार नगरेको भन्दै उनले असन्तुष्टि जनाए। साथै संविधान संशोधनका लागि के कस्ता एजेन्डा छन् भनेर पनि प्रस्ताव गरेका छन्।
‘प्रचण्ड’ले शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामांकन, प्रदेशको सीमांकन, पहिचान, अधिकारको सम्बोधन, वित्तीय संघीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायमा थप व्यवस्था लगायत संविधान संशोधनका ७ बुँदा प्रस्तुत गरेका छन्।
प्रचण्ड’ले यी एजेन्डामा सरकार संविधान संशोधन गर्ने गरी अगाडि बढे साथ दिन तयार रहेको बताए। प्रचण्डले भनेका छन्, ‘म सरकारलाई भन्न चाहन्छु, यदि दुई तिहाइ पुगेन भने, त्यो जुटाउने काम हाम्रो दलले गर्नेछ। ढुक्कसँगले अगाडि बढ्नुस्।
तर, आफ्नो पार्टीको साथ लिनका लागि संविधान जारी हुँदा देखिको असन्तुष्टि सम्बोधन गर्ने गरी संशोधन गरिनुपर्ने अडान राख्ने बताए। आफूहरूले संविधान जारी हुँदा नै राखेको फरक मत राखेको उनले स्मरण गरेका छन्।