राष्ट्रपति पौडेलले गरे तीनवटा विधेयक प्रमाणीकरण - Chaitanya News
  • 2026-05-10
  • 16:34:55
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रपति पौडेलले गरे तीनवटा विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलले गरे तीनवटा विधेयक प्रमाणीकरण

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

    उनले दुवै सदनबाट पारित आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन्

    उनका अनुसार राष्ट्रपतिले आर्थिक वर्ष २०८२–८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन्।