‘३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए’ : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-05-10
  • 16:35:55
  • आइतबार,बैशाख २७, २०८३
  • ‘३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए’ : प्रधानमन्त्री ओली

    ‘३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए’ : प्रधानमन्त्री ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको बताएका छन् ।

    आज (सोमबार) त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु हाम्रो चिकित्सा विज्ञान शास्त्र र ज्ञान र अभ्यासको विश्वमा सबैभन्दा पुरानो इतिहास यहाँ छ। यस भू–भागमा छ।

    प्रधानमन्त्री ओलीले एलोपेथिक चिकित्सा विज्ञान सम्बन्धी चिकित्सा ज्ञानका प्रादुर्भावकर्ता हिप्पोक्रेटस २४ सय वर्ष अगाडिका रहेका र नेपालमा ३ हजार वर्ष अगाडि नै सर्जरी नै विकास भइसकेको बताए।

    ओलीले थपे, ‘तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए। खेल्दाखेल्दै एउटा साथीको औँलो काटिएर छुट्टिएपछि उनले औँलो ल्याएर जोडेका थिए। त्यहाँबाट शल्यक्रियाको दृष्टान्त पाइन्छ।

    प्रधानमन्त्री ओलीका अनुसार नेपालमा जनसंख्या कम भएकोले सुश्रुतले बनारस गएर शल्यक्रिया राम्ररी अगाडि बढाएका थिए। ‘जहाँको भए पनि मानव जातिको सेवा गरे,’ उनले भने।