आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्ड: रसुवा बाढी,समसामयिक राजनीति विषयमा धारणा राख्ने - Chaitanya News
  • 2026-06-26
  • 03:50:42
  • बिहिबार,आषाढ ११, २०८३
  • आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्ड: रसुवा बाढी,समसामयिक राजनीति विषयमा धारणा राख्ने

    आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्ड: रसुवा बाढी,समसामयिक राजनीति विषयमा धारणा राख्ने

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार)को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

    आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले ‘प्रचण्ड’ले बैठकमा सम्बोधन गर्ने भएका हुन्। ‘प्रचण्ड’ले रसुवा बाढी पहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन्।

    सोमबारको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ।