आज संसद्‍मा ५ जना मन्त्रीले मौखिक प्रश्नहरूको उत्तर दिंदै - Chaitanya News
  • 2026-06-26
  • 03:52:16
  • बिहिबार,आषाढ ११, २०८३
  • आज संसद्‍मा ५ जना मन्त्रीले मौखिक प्रश्नहरूको उत्तर दिंदै

    आज संसद्‍मा ५ जना मन्त्रीले मौखिक प्रश्नहरूको उत्तर दिंदै

    काठमाडौं– आज (सोमबार) संसद्‍मा पाँच जना मन्त्रीहरुले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ।

    जसअनुसार, सहरी विकास मन्त्री प्रकाशमान सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले आफ्नो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिँदैछन्।

    यसका अलावा अज प्रतिनिधि सभामा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।