विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड - Chaitanya News
  • 2026-04-24
  • 07:26:15
  • शुक्रबार,बैशाख ११, २०८३
  • विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड

    विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड

    काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजारभन्दा धेरै जना सङ्क्रमण मुक्त भएका छन् ।

    योसँगै विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड ६ हजारभन्दा धेरै भएको छ । सन् २०१९ को अन्तिममा चीनमा पहिलोपटक देखिएको कोरोना हाल विश्वका दुई सय २ देशमा फैलिसकेको छ ।

    अहिलेसम्म विश्वभर ६५ करोड ५३ लाखमा सङ्क्रमण पुष्टि भइसकेको छ भने ६६ लाख ६३ हजारको मृत्यु भएको छ ।

    सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १० करोड मानिसमा सङ्क्रमण देखिएको छ । जसमध्ये ९ करोड ८६ लाख निको भएका छन् । अमेरिकामा मात्र ११ लाखको मृत्यु भएको छ ।

    त्यसपछि भारतमा चार करोड ४६ लाखमा सङ्क्रमण पुष्टि हुँदा ४ करोड ४१ लाख निको भएका छन् । ५ लाख ३० हजार सङ्क्रमितको मृत्यु भएको छ ।